महिला लघुवित्त वित्तीय संस्थाको सात वटै प्रदेशहरुमा अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न

मनोजसिंह धामी
प्रकाशित: २८ माघ २०८०
Image description

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सात वटै प्रदेशहरुमा आर्थिक २०८०/८१ को अर्धबार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाको बार्षिक कार्यतालिका बमोजीम सातवटै प्रदेशहरुमा समिक्षा गोष्ठी आयोजना गरेका थियो ।

बागमती प्रदेशले आयोजना गरेको समिक्षा गोष्ठीमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत,सहायक कार्यकारी अधिकृत ,बरिष्ठ प्रबन्धक तथा बिभागीय प्रमुखहरुको बिशिष्ठ आतिथ्यता रहेका थियो ।

बागमती प्रदेश कार्यालयका कर्मचारी मिथुन चौधरीले संन्चालन गर्नुभएको समिक्षा बैठकमा बोल्नुहुदै प्रमुख अतिथी न्यौपानेले हालको अवस्थामा लघुवित्त र फिल्ड कर्मचारी माथि चौर्तफी प्रहार भइरहेकाले सजग र संयमित भएर काम गर्न मातहत बिभाग र कर्मचारीहरुलाई सुझाव दिनुभएको छ । बजारमा अराजक तत्वहरुले सदस्यहरुलाई भडकाउने , कर्मचारीहरुलाई कार्यकक्षमा गएर धम्कीदिने , दुर्वब्यहार गर्ने , सदस्यहरुलाई झुटा आस्वाशन देखाउदै कर्जा मिनाहा गरिदिन्छु भन्दै रकम असुल गर्ने काम भइरहेको बताउदै,उक्त कार्यमा संलग्न जो कोहिलाई पनि कानुनको दायरामा ल्याउन नियामक निकायले ठोक कदम चाल्न आवश्यक रहेको बताउनु भयो ! पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्या समाधान हुदै गइरहेकाले कर्मचारीहरुलाई हतोत्साहित नहुन आग्रह गर्दै , आगामी त्रैमासिक समिक्षा सम्ममा शाखामा उल्लेखनिय सुधार ल्याई आ–आफ्नो शाखाको वित्तीय स्वःक्षमता अब्बल हुने गरि काम गर्न शाखा प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

सोहि कार्यक्रममा बोल्दै जनशक्ती ब्यवस्थापन तथा तालिम विभाग प्रमुख बल बहादुर रानाले हाम्रो संस्था हाम्रो भविश्यको मुलनारालाई आत्मसात गर्दै काम गर्न मातहत कर्मचारीहरुलाई सुझाव दिनु भयो । संस्था भित्रैका कर्मचारीहरुले सामाजिक संन्जालको माध्यमबाट गलत प्रचार प्रसार गर्दा संस्था बिरोधी पक्षलाई मलजल पुग्ने भएकाल संस्थाको गोपनियता भंग गर्ने र अनावश्यक कुप्रचार गर्ने जुनसुकै कर्मचारीलाई कर्मचारी विनियमावली बमोजीम कारवाहि गरिने बताउनु भयो ।

समिक्षा गोष्ठी अन्तर्गत माघ २१ र २२ गते सुदुरपस्चीम र मधेश प्रदेश , माघ २५ र २६ गते बाग्मती ,गण्डकी ,लुम्बीनी र कर्णाली प्रदेशमा अर्धबार्षीक समिक्षा गोष्ठी सम्पन्न भएका बागमती प्रदेश कार्यालय प्रमुख सुनिल अर्यालले दिनुभयो ।

 गोष्ठीमा प्रमुख कार्यकारी अधिकृत ,नायव प्रमुख कार्यकारी अधिकृत ,सहायक कार्यकारी अधिकृत ,बिभागीय प्रमुखहरु ,सातै प्रदेशका प्रदेश कार्यालय प्रमुखहरु र प्रदेश अन्र्तगतका कर्मचारीहरु लगायत ७६ वटै शाखा कार्यालयका प्रमुखहरुको सहभागीता रहेको थियो ।


प्रतिक्रियाहरू

Raj Shiva

2 years ago

आफ्नो घरमा आफै प्रमुख अतिथि बन्दिनु भएछ CEO साब

Dhami Manoj Singh

2 years ago

Thanks for news update keshav sir

सम्बन्धित खबर