उदयपुरमा ४ सय ९३ मानव अधिकारका घटना
उदयपुर । उदयपुर जिल्ला भरीमा सन २०२३ मा ४ सय ९३ वटा मानव अधिकार उल्लंघनका घटना भएको आइतबार आयोजित एक कार्यक्रममा जानकारी दिइएको छ ।
अनौपचारिक सेवा केन्द्र इन्सेकले उदयपुरको गाईघाटमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रममा सो जानकारी दिइएको हो ।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशसभाकी उप सभामुख सिर्जना दनुवारले मानव अधिकारका विषयमा राज्य वा सरकार गम्भिर भएर नलागेका कारण मानव अधिकार उल्लंघनका घटना तथा हिंसा मौलाउँदै गएको बताउनु भएको छ ।
गाईघाटमा इन्सेक उदयपुरद्धारा आयोजित सो कार्यक्रममा उपसभामुख दनुवारले राज्यसँग संयन्त्र भए पनि न्यायोचित तवरले प्रभावकारी काम गर्न नसकेको हुँदा दण्डहिनता बढेको र समाजमा विवभिन्न खाले हिंसा बढेको बताउनु भयो ।
अनौपचारिक सेवा केन्द्र इन्सेकले उदयपुरको गाईघाटमा आयोजित नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उपसभामुख दनुवारले हामी सबैले मानव अधिकारका विषयमा बढी जिम्मेवार भएर काम गर्नु पर्नेमा सो नगरेको कारण पनि मानव अधिकार उल्लंघनका घटना तथा विभिन्न प्रकारका हिंसाका घटनामा बढेको बताउनु भयो ।
सो कार्यक्रममा वरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले मानव अधिकार प्रत्येक मानको सुरक्षाको अधिकार भएकोले राज्यले यसमा ध्यान नसक्दा मानव अधिकारको अवस्था कमजोर भएको बताउँदै हुने खानेले हुँदा खानेमाथि शासन गरेको कारणले मानव अधिकार संरुक्षणमा चुनौती थपिएको बताउनु भयो ।
सो कार्यक्रममा उदयपुरमा गैर राज्यका तर्फबाट ४९२ वटा र राज्य बाट १ वटा मानव अधिकार उल्ल.घन भएको र ४९३ घटना मध्ये ३७९ वटा घरेलु हिंसाका घटना भएको, बलात्कारका ७४ वटा, बालिका बलात्कार ४८ वटा भएको जानकारी दिइएको थियो ।
यसैगरी महिला बलात्कार तथा बलात्कार प्रयासका घटना २६ वटा, हत्या तथा हत्ष प्रयासका घटना १७ वटा,बहुविवाहका घटना ९ वटा, मलिा बालाबालिका बेचबिखनका घटना ५ वटा,बाल विवाह ४ वटा र कुटपिटका घटना ४ वटा भएको जानकारी दिइएको छ ।
हिंसाका घटनामा ३ वर्षिय बालिका देखि ५७ वर्षिय महिलासम्म बलात्कारबाट पीडित भएको र १३ वर्षको पुरुष्देखि ६७ वर्षस्ममको पुरुष घटनामा संलग्न भएको पाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो कार्यक्रममा कोशी प्देशमा राज्यका तफृबाट पत्रकार समेत पीडित भएको र तीनजनाको मृत्यु भएको जानकारी दिइनुकाम साथै स्वास्थ्य क्षेत्रमा, शिक्षाका क्षेत्रमा व्यापक रुपमा भेदभाव हुने गरेको गुनासो सहभागीहरुले गरेको थिए ।
इन्सेक कोशी प्रदेशका प्रमुख अधिवक्ता सोमराज थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठ , शंकर थापा, माधव पोखरेल, भरत खड्का सागर नेपाली, राजकुमार राई लगायतका सहभागीहरुले आ आफ्नो धारणा राखेका थिए ।
Shares