एनआईसी एशिया बैंकद्वारा मास्टरकार्ड सेवा सुरु, नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिने

अर्थकागज
प्रकाशित: १५ असार २०८१
Image description

काठमाडौं । एनआईसी एशिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने उद्देश्यका साथ मास्टरकार्ड सेवाको शुभारम्भ गरेको छ। आइतबार पोखरामा आयोजित विशेष कार्यक्रमबीच सेवा शुभारम्भ गरिएको हो।

डेबिट कार्डको रूपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सम्पूर्ण शाखा कार्यालयबाट ग्राहकले प्राप्त गर्न सक्नेछन्। मास्टरकार्डमा अत्याधुनिक सुरक्षा प्रविधि (ईएमभी चिप) तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधिसमेत प्रयोग गरिएको छ।

कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रोको साथमा पिओएस तथा ई–कमर्श भुक्तानीलगायत सुविधा उपभोग गर्न सक्नेछन्।  एन आई सी एशिया बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रू. २३ अर्ब ७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा रू.३ अर्ब ६१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैंक सफल भएको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर