सिटिजन्स बैंकको ७.९९ प्रतिशत घर कर्जा योजना सार्वजनिक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ७.९९ प्रतिशतमा घर कर्जा योजना सार्वजनिक गरेको छ ।
आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार भन्ने उद्घोषका साथ ७ वर्षको लागि स्थिर रहने गरि ७.९९ प्रतिशत प्रति बर्ष ब्याजदरमा घर कर्जा योजना सार्वजनिक गरेको हो । यो योजना अन्तर्गत कायम रहेको व्याजदर ७ बर्ष सम्म स्थिर रहने छ ।
७ वर्ष पछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १५ प्रिमियम दर थप गरि ब्याजदर कायम गरिनेछ । अधिकतम ३ करोड सम्मको कर्जा उपभोग गर्न सकिने यस आकर्षक योजनामा सहभागी हुनको लागी ग्राहकहरुले आफ्नो पायक पर्ने नजिकको सिटिजन्स बैंकको कुनैपनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
हालसालै मात्र विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ५४ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
Shares