ट्रेड टावरको आम्दानीमा छलाङ्ग, खर्च बढ्दा नाफामा भारी गिरावट
काठमाडौं । हालसासै आईपिओ जारी गरेको ट्रेड टावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको सञ्चालन आम्दानी उल्लेख्य बृद्धि भएको छ।
प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ९ करोड ९८ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६९.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी १ करोड ७५ लाख रुपैयाँ थियो।
सञ्चालन आम्दानी उल्लेख्य बढेपनि कम्पनीको खुद नाफा भने घटेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा ९९.३९ प्रतिशत घटेर १ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च १२२.९१ प्रतिशत बढेको छ भने वित्तीय खर्च १९३.४४ प्रतिशत बढेको छ।
समीक्षा अवधिमा कम्पनीको यस्तो प्रतिशेयर आम्दानी घटेर २ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ९३ पैसा रहेको छ। ८१ करोड ५६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ करोड ८३ लाख रुपैयाँ रहेको छ।
Shares