सानिमा जिआईसीको साधारण सभा सम्पन्न, हकप्रद निष्काशन सहित सबै एजेण्डा सभाबाट पारित
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा आज अर्थात चैत २९ गते सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा साधारणसभा अमृतभोग कालिकास्थान डिल्ली बजारमा सम्पन्न भएको हो । उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
त्यसै गरी सभाले सानिमा जिआईसी इन्स्योरेन्सको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९। ०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित भएको छ ।
त्यस्तै,सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०।०८१ को लागि वाह्य लेखापरीक्षकमा एन. अमात्य एण्ड कम्पनी, चार्टर्ड एकाउण्टेण्टस्लाई नियुक्ती गर्नुका साथै निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्दै स्वतन्त्र संचालकको नियुक्ति अनुमोदनको कार्य सम्पन्न गरेको छ ।
त्यसै गरी सभाबाट कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको चुक्ता पूँजी रु २ अर्बको २५ प्रतिशत बराबर रु ५० करोडको हकप्रद शेयर जारी गर्ने, कम्पनी ऐनको दफा १०५ को उपदफा १ ग बमोजिम आर्थिक वर्ष २०७९।०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित भएको छ ।
सोही सभाबाट संचालक समिति तथा उपसमितिको बैठक भत्ता तथा अन्य भत्ताको अनुमोदन गर्ने, सामान्य र विशेष प्रस्ताव स्वीकृतीको अख्तियारी संचालक समितिलाई प्रदान गर्दै अन्य प्रस्तावहरु समेत पास गरेको छ ।
सभालाई सम्बोधन गर्दै अध्यक्ष कयालले कम्पनीले आफ्नो ध्यान अझ उत्कृष्ट सेवा दिनमा केन्द्रित गरी ग्राहकहरुको मन जित्दै आफ्नो व्यवसाय थप विस्तार गरी देशको अर्थतन्त्रमा महत्पूर्ण भुमिका निर्वाह गर्न त्रियाशिल रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Shares