हाइड्रोपावर चाहिँदैन भनेकोमा शाक्यको स्पष्टिकरण

अर्थकागज
प्रकाशित: २६ साउन २०८२
Image description

काठमाडौ । केही दिन अघि एउटा सार्वजनिक कार्यक्रममा प्राधिकरण जलविद्युतको पछि नालग्ने बताएका शाक्यले उक्त विषय स्पष्ट पारेका छन् । आगामी दिनमा सोलार ऊर्जा सस्तो हुँदै जाने भएकाले जलविद्युतभन्दा सस्तो हुनुका साथै ब्याट्रि स्टोरेज पनि गर्न सकिने हुँदा जलविद्युतको उपदेयता कम हुन्छकी भन्ने चिन्ता व्यक्त गरेको बताए ।

सोलार सस्तो हुँदैछ, त्यहि भएर पछि सस्तो बिजुली यताबाट आयो भने हाइड्रो के गर्ने भनेको हो । १० वर्ष पछि यस्तो अवस्था आउँछ भनेको हो, चाहिदैन भनेको होइन । हाइड्रोले ६० प्रतिशत स्वदेशी सामान खपत गर्ने, स्वदेशकै जनशक्ति खपत गर्ने र सोलारलका प्यानल देखि ब्याट्रिसम्म सबै आयात हुने हुँदा अर्थतन्त्रमा जलविद्युतकै योगदान बढी हुनेमा आफू स्पष्ट रहेको पनि शाक्यले बताए ।"आजको दिनमा जलविद्युत नै सान्दर्भिक छ । भोलिका दिनको मूल्य तुलना गर्दा सोलार सस्तो पर्ने देखिन्छ । तर सोलारले अर्थतन्त्र उकासिँदैन । त्यसमा म जानकार छु ।" शाक्यले भने ।

विद्युत खपत बढाउन ग्यासमा दिइएको अनुदान बिजुलीबाट खाना पकाउनमा खर्च गर्नुपर्छ भन्ने इप्पानको सुझावमा भने शाक्यले वितरण लागत महँगो पर्ने र खाना पकाउन बिहान बेलुका मात्रै विद्युत खपत हुने हुनाले उक्त कुरालाई प्रवर्द्धन गर्न नसकिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर