नेपाल बैंकको नाफामा छलाङ्ग, ब्याज आम्दानी १० अर्ब बढि
काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा उछाल देखिएको छ।
बैंकले यस अवधिमा ३ अर्ब ७७ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३१७५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्षमा बैंकले २ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको थियो।
समिक्षा अवधिमा खुद ब्याज आम्दानी पनि १६.८२ प्रतिशतले बढेर १० अर्ब ८ करोड रुपैयाँ पुगेको छ त्यस्तै सञ्चालन नाफा पनि ६६०.७५ प्रतिशत बढेर ५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ४४ करोड ९० लाख रुपैयाँले ॠणात्मक छ। प्रतिसेयर आम्दानी २५.६८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २५९.८१ रुपैयाँ पुगेको बैंकले जनाएको छ।
२३ अर्ब ५४ करोड २४ लाख ९० हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोष १३ अर्ब ५५ करोड १२ लाख ३६ हजार रुपैयाँमा पुगेको छ।
यस अवधिमा बैंकले ३ खर्ब ४२ अर्ब १८ करोड ८५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ३० अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।
Shares