बेल्टारमा प्रहरीले एमडिआई अभियान संचालन गर्ने
उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले मातहतको प्रहरी एकाईहरुमा समेत लागु औषध विरुद्धको एमडिआई अभियान संचालन गर्ने भएको छ ।
उदयपुरमा लागुऔषध सेवन र बेचबिखन तीब्ररुपले बढ्न थालेपछी उदयपुर प्रहरीले लागुऔषध नियन्त्रण गर्न मिसन ड्रग्स इन्टरसेप्सन (एमडिआई) अभियानलाइ तिब्रता दिएको छ ।
अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय उदयपुरले गत मंसिरबाट सुरु गरेको लागुऔषध सेवनकर्तालाई ९क्ष् मबचभ लय म्चगनक ऋजबmउबष्नल० लागु औषध सेवन नगर्ने मैले दृढता गरे भन्ने कार्यक्रमलाइ पालिका पालिकामा समेत संचालन गर्ने योजना अनुसार चौदण्डीगढीमा समेत कार्यक्रम संचालन सम्बन्धि पुर्व तयारी बैठक सोमबार चौदण्डीगढी नगरपालिका सम्पन्न भएको भएको । बैठकले यही पुस मसान्त भित्र चौदण्डीगढी नगरपालिकामा मिसन ड्रग्स इन्टरसेप्सन ९एमडिआई० अभियान सुरु गर्ने निर्णय गरेको नगर प्रमुख कालुमान लामाले जानाकरी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले गत मंसिर ९ गते शनिवार त्रियुगा नगरपालिकाको सहकार्यमा आफ्नै सभाहलमा त्रियुगा नगरपालिका भित्रकै ५२ जना लागुऔषध सेवनकर्तालाई ९क्ष् मबचभ लय म्चगनक ऋजबmउबष्नल० लागु औषध सेवन नगर्ने मैले दृढता गरे भन्ने कार्यक्रम मार्फत उत्प्रेरित गराउन सफल भएसंगै उक्त अभियानलाई जिल्लाका सबै पालिकामा संचालन गर्ने योजना अनुसार चौदण्डीगढी नगरपालिकामा उक्त अभियान सुरु गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले बताउनु भयो ।
प्रहरी उपरीक्षक थापाले लागु औषध सेवन कर्ताहरुलाई कानुनी कारबाही गरेर मात्र दुव्र्यसनीबाट मुक्त गराउन नसकिने भन्दै यस्तो अभियान सुरु गर्न लागिएको बताउनु भयो ।
चौदण्डीगढी नगरपालिकामा अभियान संचालन हुने भएपछी सोमबार चौदण्डीगढी नगरपालिका मेयर कालुमान लामा, उपमेयर मणिकादेवी दुलाल, त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राई, वडा अध्यक्षहरु, संचारकर्मी लगायतको उपस्थितिमा बैठक तथा छलफल गरि यही पुस मसान्त सम्ममा मिसन ड्रग्स इन्टरसेप्सन ९एमडिआई० अभियान चौदण्डीगढी नगरपालिकामा संचालन गर्ने निर्णय गरिएको हो ।
Shares