नेमकिपाको किल्लामा रास्वपाका रुकेश रंजित विजयी
प्रकाशित:
२२ फागुन २०८२
काठमाडौँ । भक्तपुर- १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुकेश रंजित विजयी भएका छन् ।
रंजितले ३३ हजार ४३६ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाललाई पराजित गरेका हुन् । सुवालले २८ हजार १४७ मत प्राप्त गरेका थिए । भक्तपुर-१ लाई नेपाल मजदुर किसान पार्टीको किल्ला भनिने गरिएकोमा यस पटक रास्वपाको लहरले सो किल्ला पनि ढलाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares