लक्ष्मी सनराइज बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: १८ मंसिर २०८२
Image description

काठमाडौं । लक्ष्मी सनराइज बैंकले बार्षिक साधारणसभा बोलाएको छ ।बैंकले पुस १४ गतेका लागि सभा बोलाएको हो । सभा अग्रवाल भवन, कमलपोखरीमा बिहान ११ बजेबाट शुरु हुनेछ ।सभा प्रयोजनका लागि बैंकले पुस १ गते बुकक्लोज गर्ने जनाएको छ । मंसिर २९ गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।

बैंकले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर