ओरियण्टल होटल्सको लाभांश घोषणा, बार्षिक साधारणसभापनि तय
प्रकाशित:
२७ भदौ २०८१
काठमाडौं । ओरियण्टल होटल्स लिमिटेडले लाभांश घोषणा गरेको छ ।भदौं २७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३१६ प्रतिशत नगद (कर प्रयोजनको लागि ) लाभांश दिने निर्णय गरेको हो । होटल्सको १ अर्ब १२ करोड ८० लाख ९० हजार ४३८ रुपैयाँ रहेको छ । होटल्सले असोज २० गते विहान ११ बजे प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बार्षिक साधारणसभा समेत बोलाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares