सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

अर्थकागज
प्रकाशित: ०७ असोज २०८०
Image description

काठमाडौं । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा गर्वको साथ नयाँ शोरुमको भव्य उद्घघाटन गरेको छ । यी शोरुमहरू आफ्ना विश्वासिलो साझेदारः लोक सुशीला मोटर प्रा. लि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रा. लि, हाकिम चोक, भरतपुर (अष्टभुजा पेट्रोल पम्प नजिक) संगको सहकार्यमा संचालनमा ल्याएको हो ।

यस आयामले सेगवेको आफ्नो मुल्यवान ग्राहकहरुलाई विशेष उत्पादन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काउँछ । बुटवल र चितवनका शोरुमहरुमा अत्यधिक लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलहरु सहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ । यस विस्तृत विकल्पहरुको प्रदर्शनीले ग्राहकहरुलाई आफ्नो आवश्यकता अनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुनेछ ।

सेगवेले, भव्य उद्घघाटनको उपलक्ष्यमा, चितवन र बुटवल क्षेत्रका ग्राहकहरूलाई विशेष अफरहरुको साथ शोरुम भ्रमण गर्न आमन्त्रित गरेको छ । उद्घघाटन अफर अन्र्तगत यी शोरुमहरुमा सेगवे ई–स्कूटरहरुको बिशेष मूल्य तोकेका छन् । ग्राहकहरुले यो अवसर नगुमाई किफायिती मूल्यमा आफ्नो रोजाईको विशिष्ट सेगवेका उत्पादनहरु खरिद गर्न सक्ने छन् ।

यी शोरुमहरु बाट ग्राहकहरूले सेगवेका नवीन उत्पादनहरूको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्ट लगायत सेवाहरूको विस्तृत रुपमा फाइदा लिन सक्नेछन् । शोरुममा यी सेवाहरू उपलब्ध गर्नुको मुख्य कारण सेगवेका ग्राहकहरुले कुनै अवरोध बिना आफ्नो व्यक्तिगत यातायात साधनहरूको आनन्द लिन सकोस् भन्ने सुनिश्चित गर्न समावेश गरिएको हो ।

var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

सम्बन्धित खबर