फागुनभित्रै डेनमार्कको मुद्रा सटही गर्न राष्ट्र बैंकको निर्देशन

अर्थकागज
प्रकाशित: ०५ फागुन २०८१
Image description

काठमाडौँ । सन् २०२५ मे ३१ पश्चात डेनमार्कको केन्द्रीय बैंकले खारेज गरेका त्यहाँको मुद्रा आफूसँग भए सटही गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । नागरिकसँग डेनिस क्रोन (डीकेके) भए यही फागुन मसान्तभित्र (सन् २०२५ मार्च १३) सटही गर्न राष्ट्र बैंकले सूचना जारी गरेको छ । प्रचलित व्यवसायबमोजिम यस बैंकको वैदेशिक विभाग, बैदेशिक कारोबार गर्ने यस बैंकका प्रदेशीय कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्ने यस बैंकका इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्था, वा परिवार विदेशी मुद्राको कारोबार गर्ने मनि चेन्जर्सहरूबाट सटही गर्न र गराउन राष्ट्र बैंकले भनेको छ । यही फागुन मसान्तपछि त्यस्ता बैंक नोटहरू सटही गर्न यस बैंकलगायत इजाजतपत्र प्राप्त अन्य वित्तीय संस्था, मनी चेन्जर्स र विदेशी विनिमय कारोबार गर्ने व्यवसायीहरूका निम्ति बाध्य नहुने बेहोरा पनि राष्ट्र बैंकले सूचना प्रकाशित गरिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर