६९.८० अंकले बढको सेयर बजारमा १३ अर्बको कारोबार


काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयरबजार परिसूचक नेप्से ६९.८० अंकले बढेको छ। आजको वृद्धिपछि नेप्से सूचक २७२७.५८ को बिन्दुमा पुगेर रोकिएको छ।
आज कारोबारमा आएका ३३० कम्पनीका २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता शेयर खरिद बिक्रीबाट १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १ सय ३६ रुपैयाँ ९९ पैसाको कारोबार भएको छ। जस मध्ये एनआरएन इन्फ्रास्ट्रकचरको सर्वाधिक ४१ करोड ९७ लाखको कारोबार भएको छ। त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोड २६ लाख तथा सिन्धु विकास बैंकको ३० करोड ६१ लाखको कारोबार भएको छ।
आज कारोबारमा आएका मध्ये उन्नति सहकार्य लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, अभियान लघुवित्त लगायत ७ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै समता घरेलु लघुवित्त र न्यादी हाइड्रोको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ।
आज सामुदायिक लघुवित्तको शेयर मूल्य १० प्रतिशत घटेको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.२० प्रतिशत घटेको छ।
आज कारोबारमा आएका सबै समूहगत सूचक बढेका छन् । जस मध्ये लघुवित्त समूह सर्वाधिक ४.९२ प्रतिशत बढेको छ भने निर्जीवन बीमा समूह ३.७१ प्रतिशत तथा इन्भेष्टमेन्ट समूह ३.३८ प्रतिशत बढेको छ। त्यस्तै विकास बैंक समूह ३.१५ प्रतिशत बढेको छ।
Shares