एभरेष्ट बैंकको साधारणसभा असोज ३० गते, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ०८ असोज २०८०
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले असोज ३० गते बार्षिक साधारणसभा बोलाएको छ । बैंकले २९ औँ वार्षिक साधारण सभा लैनचौर ब्याङ्कवेट, काठमाडौँमा बिहान ११ बजे बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित १०।५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता हुन पाउने छन् । दशैं अगाडि नै सेयरधनीको खातामा लाभांश पठाउन बैंकले जनाएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर