नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले गरे सेयरधनीलाई यो आर्थिक वर्ष लाभांश दिने प्रतिवद्धता !

अर्थकागज
प्रकाशित: १४ फागुन २०८१
Image description

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका संचालक समितिका अध्यक्ष पृथ्वी बहादुर पाँडेले आर्थिक वर्ष २०८०/८१ मा सेयरधनीलाई लाभांश दिने प्रतिवद्धता गरेका छन् । आज राष्ट्रिय सभागृहमा सम्पन्न ३८ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष पाँडेले भने -'लगातार दुई आर्थिक वर्षमा सेयरधनीलाई लाभांश दिन सकेनौं, पछिल्लो ६ महिनाको बैंकको वित्तीय विवरण हेर्दा यो आर्थिक वर्षमा सेयरधनीलाई सानो लाभांश हामी दिनेछौं ।'
प्रष्ट बोल्ने बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडेले सेयरधनीलाई ठूलो लाभांश सेयरधनीलाई अपेक्षा नगर्न आग्रह समेत गरेका छन् । अध्यक्ष पृथ्वी बहादुर पाँडेको भनाईलाई  अनुमान गर्ने हो भने बैंकले आर्थिक वर्ष २०८०/८१ मा ५ प्रतिशतसम्म लाभांश दिने अनुमान गर्न सकिनेछ । बैंकको बार्षिक साधारणसभा विहान १० बजेबाट दिउँसो २ बजेसम्म चलेको  थियो । सभामा २४ जना सेयरधनीले बोलका थिए । 

प्रतिक्रियाहरू

Bed Baral

1 year ago

CEO लाइ बार्षिक ५ करोड तलब भत्ता सुबिधा देखाएर खान पल्केका संन्चालक समिती का पदाधिकारीले मात्र खाए भयो अरु लाइ किन दिन पर्यो ?????

Rabindra Regmi

1 year ago

सिईअाे र सिनियर स्टाफ अनि चेरम्यान सापले मटाे रकम लिनु हाेला बैंठक तेल मनाेरन्जन बिज्ञापन खर्चको लागि भनेर अरूलाई नदिनु ल।

सम्बन्धित खबर