सिटिजन्स बैंकका सीइओ गणेश पोखरेलको तलब/भत्ता १ करोड ६५ लाख, सेयरधनीलाई ४.२१ प्रतिशत लाभांश !
काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश पोखरेलले गत आर्थिक वर्ष २०८०/०८१ मा १ करोड ६५ लाख ३२ हजार रुपैयाँ तलब/भत्ता बुझेका छन् ।
पोखरेलको लागि बैंकले गतवर्ष तलब वापत ८४ लाख, भत्ता ५४ लाख, दशैभत्ता ११ लाख ५० हजार र सञ्चय कोषमा ८ लाख ४० हजार, विदा बापतको भुक्तानी ७ लाख रुपैयाँ र अन्य ४२ हजार रुपैयाँ खर्च गरेको छ । बैंकले सिइओ पोखरेललाई बैंकसँग भएको करार अनुसार इन्धन, पत्रपत्रिका सवारी सधान, बीमा र आवास कर्जा समेत दिएको छ । त्यसै गरी बैंकले गत आर्थिक वर्षमा अन्यकार्यकारी पदाधिकारीहरुलाई तलव भत्ता बापत ३ करोड ६६ हजार ३ हजार ५६८ रुपैयाँ खर्च गरेको छ ।
बैंकको सिइओ लगायत अन्य पदाधिकारीहरुको सेवा र सुविधान बढी रहँदा सेयरधनीको लाभांशमा भने घट्दै गएको छ । बैंकले कार्तिक १२ गते अमृतभोग, कालिकास्थान डिललीबजारमा १८ औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत (कर प्रयोजन) को लागि नगद लाभांश पारित गर्नेछ ।
Shares