हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँडको मिति तय


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको आइपीओ बाँडफाँडको मिति तय भएको छ ।
ग्लोबल आईएमई क्यापिटलको अनुसार बिहिबार बिहिबार बिहान ९ बजे नक्साल स्थित क्यापिटलको आफ्नै कार्यालयमा सेयर बाँडफाँड हुने भएको हो ।
कम्पनीले साउन ४ देखि साउन १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले प्रति कित्ता ५० रुपैयाँ मै आईपिओ निष्काशन गरेको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ९२ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको हो ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्ने छ ।
नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई सेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो सेयरको प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपिओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो ।
कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने छ। कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपिओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।
Shares