प्रिमियिम मूल्यमा आईपीओ जारी गर्दै यती एयरलाइन्स

अर्थकागज
प्रकाशित: ०९ असोज २०८०
Image description

यती एयरलाइन्सले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण सेयर(आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आफ्नो स्थापनाको २५ बर्ष पुगेको अवसरमा सर्वसाधारणका लागि आईपिओ जारी गर्ने घोषणा गरेको हो ।

सन् १९९८ सेप्टेम्बर २४ मा स्थापना भएको कम्पनीसंग हाल ५ वटा एटीआर जहाज रहेको र अब जहाजको संख्या बढाएर १० वटा बनाउने योजना कम्पनीको छ ।

एयरलायन्सका कार्यकारी अध्यक्ष सोनाम शेर्पाले सर्वसाधारणलाई प्रिमियम मूल्यमा सेयर बिक्रि गर्नेगरी सेयर मार्केटमा जान लागिएको बताए ।

आईपिओ जारीपछि कम्पनी सर्वसाधारणका लागि आईपिओ जारी गर्ने नेपालको पहिलो एयरलाईन्स कम्पनी बन्नेछ । 

प्रतिक्रियाहरू

ANIL Kumar Singh Danuwar

1 year ago

Sahi ho

Durga prasad chapagain

1 year ago

Good ramro kam ko thalani huna bayo khusilago

Ram Chandra paudel

1 year ago

Good

सम्बन्धित खबर