मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०१ पुस २०८१
Image description

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्तले लाभांश घोषणा गरेको छ। लघुवित्तको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.३९४७ प्रतिशत नगद लाभांश गरि कुल ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३२ करोड रहेको छ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर