विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति
प्रकाशित:
०८ असार २०८३
काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले पौडेललाई सोमबारदेखि लागू हुनेगरी ७ दिन थुनामा राख्न अनुमति दिएको हो ।
पूर्व उपप्रधान एवं अर्थमन्त्री समेत रहेका पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares