साइपाल एकेडेमीमा अन्तर कलेज बास्केटबल प्रतियोगिता सम्पन्न
काठमाडौँ । साइपाल एकेडेमीले आयोजना गरेको अन्तर कलेज बास्केटबल प्रतियोगिता २०८१ भव्य रूपमा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको ३ भर्सेस ३ बास्केटबल प्रतियोगितामा विभिन्न कलेजका टिमहरूबीच निकै रोमाञ्चक प्रतिस्पर्धा देखियो।
छात्रा तर्फ नामी कलेजले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्न सफल भयो भने साइपाल एकेडेमीकी छात्राहरूले उच्च खेल कौशल प्रस्तुत गर्दै दोस्रो स्थान प्राप्त गरे।
छात्र तर्फ भने जेभियर कलेजले उपाधि जित्दै पहिलो स्थान हात पार्यो भने मनास्लु वर्ल्ड स्कूल ले दोस्रो स्थान प्राप्त गर्यो।
प्रतियोगितामा रु ७०,००० भन्दा बढीको पुरस्कार विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई वितरण गरिएको थियो । प्रतियोगितामा कुल २२ टिम सहभागी भएका थिए भने विशाल दर्शकहरूको उत्साहजनक समर्थन यस इभेन्टको विशेष आकर्षण रहेको भन्दै साइपाल एकेडेमीको खेलकुद विभाग तथा सम्पूर्ण आयोजनाकर्ताको व्यवस्थापनमा यो प्रतियोगिता सफल हुन गएको साइपल एकेडेमीले जनाएको छ ।
साइपाल एकेडेमी खेलकुदका गतिविधिहरूलाई प्रोत्साहन गर्दै युवा खेलाडीहरूलाई अवसर प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै विजेता टिमहरूलाई बधाई तथा आगामी वर्ष अझ भव्य रूपमा यो प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता कार्यक्रम संयोजक प्रेम बुढाले जनाएका छन् ।
Shares