नेपाल लाइफ नाफामा अब्बल, जगेडा कोषमा छलाङ्ग !

अर्थकागज
प्रकाशित: २७ साउन २०८०
Image description

काठमाडौं । नेपालको बीमा कम्पनी भन्ने वित्तिकै सवै जनमानसको मुखमा आउने नाम हो 'नेपाल लाईफ' ।

स्थापना कालदेखि नै सेवाग्राहीलाई गुणस्तरी सेवा र सुविधालाई पहिलो प्राथामिकता राख्दै आएको नेपाल लाइफले बजारमा अरु बीमा कम्पनीको तुलनामा राम्रो पकड जमाउन सफल भएको छ ।

नेपाल लाइफ व्यवसथापन, प्रशासन र सेवा सुविधाको हिसावले बीमितको मन जत्न सफल भएको छ । नेपाल लाइफले बीमितको मात्रै होइन, सेयरधनीको सेमत मन जित्न सफल भएको छ । सेयरधनीलाई उच्च  प्रतिफल दिनु पर्ने उदेश्यलाई पहिलो प्राथामिकतामा राखी बजार बिस्तार र विकासमा लाग्दै अएको देखिन्छ ।

सोही अनुरुप नेपाल लाइफले  आफ्नो काम कारवाही गर्दै आएको कम्पनीले जारी गरेको आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको वित्तिय विवरणले प्रष्ट रेको छ ।   कम्पनीको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म खुद नाफा ६७ करोड ४४ लाख रुपैयाँ कमाउन सफल भएको छ ।  

गत असारसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन ३.८३ प्रतिशत बढेर ३६ अर्ब ६२ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३४ अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८.९४ प्रतिशत बढेर १५ अर्ब ४३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले खुद दाबी भुक्तानी १४ अर्ब १६ करोड रुपैयाँ गरेको थियो ।

गत असारसम्म कम्पनीको लगानी, कर्जा तथा अन्यबाट हुने आय बढेर ११ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८ अर्ब ९४ करोड रुपैयाँ गरेको थियो । साथै, पुनर्बीमा कमिसन आय १० करोड ५५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ९ करोड १८ लाख रुपैयाँ गरेको थियो ।

अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा कोषको आकार १ खर्ब ३६ अर्ब रुपैयाँ थियो । यस्तै, कम्पनीको चुक्ता पूँजी ८ अर्ब २० करोड रुपैयाँ र जगेडा कोष १२५.३१ प्रतिशत बढेर ६४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२२ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष ईपीएस ४.३० रुपैयाँले ऋणात्मक थियो । कम्पनीको मूल्य आम्दानी अनुपात ९०.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ ११८.८४ रुपैयाँ रहेको छ ।

अघिल्लो वर्ष २ खर्ब १८ करोड रुपैयाँ यवस्थापन खर्च गरेको कम्पनीले गत वर्ष २ अर्ब २६ करोड रुपैयाँ गरेको छ । कम्पनीको कुल कायम बीमालेखको संख्या ११ लाख ५ हजार ३६५ पुगेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर