हिमालय उर्जाको अवितरित १४.४६ लाख कित्ता हकप्रद लिलामीमा आउदै, न्यूनतम मूल्य १०० रुपैयाँँ


काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले नबिकेको हकप्रद असोज ६ गतेदेखि लिलामीमा ल्याउने भएको छ । कम्पनीले निष्कासन गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन नपरेको १४ लाख ४६ हजार ३ सय ५९ कित्ता अवितरित हकप्रद सेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताहरुले असोज १४ गते कार्यलय समय भित्रमा आवेदन दिई सक्नुपर्नेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका साथै नबिल बैंकका, विराटनगर, जनकपुर, भक्तपुर, पोखरा, कोहलपुर, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट बोलपत्र आवेदन फाराम बुझाउन सक्नेछन्।
प्रतिक्रियाहरू
Bishnu Kunwar
7 months ago
बुटवल शाखा बाट मिल्छ कि मिल्दैन
Shares