सिटिजन्स बैंकका सीइओ गणेश पोखरेलको तलबभत्ता करिव २ करोड, सेयरधनीलाई ५.७९ प्रतिशत लाभांश !

अर्थकागज
प्रकाशित: २६ असोज २०८०
Image description

काठमाडौं । सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गणेश पोखरेलले गत आर्थिक वर्षमा करिब २ करोड रुपैयाँ तलबभत्ता बुझेका छन् । बैंकको वार्षिक विवरण अनुसार गत आर्थिक वर्ष २०७९/ ०८० मा पोखरेललाई बैंकले १ करोड ९७ लाख ५८ हजार ८५३ तलब भत्ता दिएको छ ।

पोखरेलको लागि बैंकले गतवर्ष तलब वापत ८४ लाख, भत्ता ५४ लाख, दशैभत्ता ११ लाख ५० हजार र सञ्चय कोषमा ८ लाख ४० हजार खर्च गरेको छ । बैंकले सिइओ पोखरेललाई बैंकसँग भएको करार अनुसार इन्धन, पत्रपत्रिका सवारी सधान, बीमा र आवास कर्जा समेत दिएको छ ।

बैंकको सिईओको तलव भत्ता हरेक आर्थिक वर्षमा बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ सिइओ पोखरेलले १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ बुझेका थिए । बैंकको सिइओ लगायत अन्य पदाधिकारीहरुको सेवा र सुविधान बढी रहँदा सेयरधनीको लाभांशमा भने घट्दै गएको छ ।

२०७८/७९ आर्थिक वर्षमा बैंकले ९ प्रतिशत लाभांश दिएको थियो । बैंकले आर्थिक वर्ष २०७९ /०८० मा ५.७९ प्रतिशत दिएको थियो । बैंकको लाभांशको हरेक बर्ष घट्दै आएको छ ।

उता कर्मचारीको सेवा र सुविधा बढेअनुसार सेयरधनीलाई प्रतिफल नदिएपछि बैंकको व्यवस्थापनमाथि सेयरधनीले प्रश्न चिन्ह उठाएका छन् । बैंकको कमाई घट्दा सेयरधनीले मात्रै घाटा खानुपर्ने भन्दै साधारण सभाहलमा सेयरधनीले आवाज समेत उठाएका थिए । कर्मचारीको सेवा सुविधा बढेअनुसारको सेयरधनलाई दिने प्रतिफल बैंकले दिन नसकेपछि सेयरधनीले चर्काे विरोध हुँदै आएको छ ।

प्रतिक्रियाहरू

Dippu gupta

2 years ago

Chand parab ko lagi

Yugal Basel

2 years ago

गणेशजि लाई बित्थामा २.४ करोड्को लड्डु

Yugal Basel

2 years ago

गणेशजि लाई बित्थामा २.४ करोड्को लड्डु

सम्बन्धित खबर