हकप्रद निष्कासन प्रस्तावसहित हिमालयन पावर पार्टनरले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

अर्थकागज
प्रकाशित: ११ पुस २०८१
Image description

काठमाडौं । हिमालयन पावर पार्टनरले लिमिटेडले हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्ने एजेन्डा राखेर साधारणसभा बोलाएको छ । कम्पनीको सभा पुस २९ गते डेलिस ओपरा रेष्ट्राृ एन्ड ब्यांक्वेट बालुवाटारमा बिहान ९ बजेदेखि बस्नेछ । सभाले हाल कायम चुक्ता पुँजीको १ः०.५ अनुपातमा हकप्रद निष्कास गर्ने र सोसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

साथै गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकको नियुक्ति गर्नेलगायतका प्रस्ताव रहेका छन् । सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । पुस १६ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र हकप्रदमा आवेदन दिन योग्य हुनेछन् ।





प्रतिक्रियाहरू

सम्बन्धित खबर