गरिमा विकास बैंकको लाभांश घोषणा, नगद र बोनस सेयर कति ?
प्रकाशित:
०४ पुस २०८०
काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस ४ गते बसेको संचालक समितिको बैठकले हालको चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश घोषणा गरेको हो ।
कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares