मौद्रिक नीति र शेयर बजार !

अर्थकागज
प्रकाशित: ०४ साउन २०८१
Image description

नेपाली शेयर बजार लाई नितिगत रुपमा सरकारले के कसरी हेर्दछ ? कसरी बुझेको छ? तथा आगामी बर्ष मा के के सुधार का नीति अबलम्बन गर्ने भन्ने कुराको नतिजा मौद्रिक नीति मार्फत आम लगानिकर्ता तथा जनतालाइ दिने कोसिस गर्दछ।

०८१/०८२ को मौद्रिक नीति हिजो शुक्रवार नै ल्याउने तयारी गरेको भन्ने कुरा बिहिबार नै विभिन्न सन्चार माध्यम द्वारा अनाधिकृत प्रचार गरियो, जुन कुराले प्रत्यक्ष नेपाली शेयर बजार मा पर्छ त्यो एकदमै गलत हो र यस्तो गैरजिम्मेवार समाचार प्रसारित गर्ने मिडिया हरु के कति जिम्मेवार बन्नु पर्ने हो वा होईन? त्यो प्रश्न मै सिमित रहला।तर आगामी मौद्रिक नीति के कस्तो आउला भन्ने बारेमा र मौद्रिक नीति लाई postpond गराउन नेपालका सिमित ब्यापारिले भुमिका खेले भनेर हामी सबैले सहजै अनुमान भने लगाउन सकिन्छ। नेपाल सरकारले भर्खरै नियुक्ती गरेका विभिन्न राजनैतिक ब्यक्तिको नियुक्ति, प्रमुख कारण भएता पनि अरु अरु कारण हरु जस्तै ब्यापारिले कम्पनिको नाममा भएको पैसा अन्यत्र चलाउन नपाईने, ब्यक्तिले गरेको आम्दानी पहिला curent account मा deposit गरेर मात्र ओ.डि. Loan को account मा transfer गर्नु पर्ने, सस्थागत लाई लगाउदै आएको सिमा (cap) लाई बढाउनु पर्ने, जोखिमभार लाई घटाउनु पर्ने, ब्यक्तिगत ओ.डि. को रु ५० लाख सम्म को पैसा bussiness मा मात्र payment गर्न पाउने ...आदि कुरा हरुलाइ सहजीकरण गरिदिन को लागि ब्यापारिहरुले दवाब दिनु नै हुनसक्छ। तथापी अहिलेको सरकार ले मौद्रिक नीति मार्फत देशमा आर्थिक चलायमान बनाउन हदै सम्म को प्रयास गर्ने छ र सम्पुर्ण उद्दमी ,ब्यावसायि र शेयर कारोवारी का लागि सुखद रहन सक्छ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर