हिमालयन रिइन्सुरेन्सको आईपीओ भर्ने आज अन्तिम मौका


काठमाडौं । हिमालयन रिइन्सुरेन्सले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम रहेको छ । वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरेको आईपीओमा वैदेशिक
लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा आज मंसिर १७ गते आइतबार साँझ ५ः०८ बजेसम्ममा २८ हजार ४७९ जनाले ३४ लाख ८२ हजार ९०० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १.१६ गुणा बढी आवेदन हो । हिमालयन रिइन्सुरेन्सले मंसिर ४ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रिमियम मूल्यमा आईपीओ खुला गरेको हो । यस कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ ल्याएको हो । हिमालयनले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३०% ले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आईपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । यसअनुसार कम्पनीले यसको १०% अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरेको हो । यसपछि सर्वसाधारणमा आइपीओ खुला हुनेछ ।
कहाँबाट आवेदन दिने ?
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘इक्राएनपी इस्यूअर रेटिङ ए’ प्रदान गरेको छ । यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
Shares