नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचीकृत

प्रकाशित:
२८ माघ २०८१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एक करोड कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेले मन्दाकिनी हाइड्रोपावर, सोल्टी होटल्स र एनआरएन इन्फ्रा्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनी बोनस शेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार मन्दाकिनी हाइड्रोपावर कम्पनीको ५ प्रतिशत बोनसपछिको ३ लाख ७ हजार ९८४ दशदमव ३३ कित्ता, सोल्टी होटल्सको १० प्रतिशत बोनसपछिको ९२ लाख ९० हजार ८९९ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
त्यस्तै एनआरएन इन्फ्रा्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनसपछिको ५ लाख ११ हजार ६०५ दशमलव ८५ कित्ता शेयर सुचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares