मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत लाभांश घोषणा

प्रकाशित:
०१ पुस २०८०

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश् वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले पुस २९ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares