सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २१ माघ २०८०
Image description

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाटे लाभांश घोषणा गरेको छ ।

माघ २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्तापुँजीको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ बराबरको नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

उक्त लाभांश नियामक निकायबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर