सानिमा रिलायन्स लाईफको नाफा ९६ प्रतिशतले बढ्यो
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस अवधिमा कम्पनीले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.४८ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा कम्पनीले २ अर्ब ६२ करोड ६ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा १३७ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा १४४.९६ प्रतिशत बढेको छ भने कुल खर्च १४९.४० प्रतिशत बढेको छ। त्यस्तै कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १६६.४१ प्रतिशतले बढेको छ ।
४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ९२ करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ५ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ ।
Shares