सिईओ ज्योति पाण्डे बैंकको कार्यकक्षमा व्यस्त, राजिनामा दिएका छैनन्

अर्थकागज
प्रकाशित: २७ वैशाख २०८३
Image description

काठमाडौँ । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे यति बेला बैंकको आफ्नै कार्यकक्षमा व्यस्त छन् । सोमबार (आज)  केही मिडियामा राजिनामा दिएको समाचार आएपछि अर्थ कागजले बैंकको एक उच्चपदस्त कर्मचारीलाई  सिईओले राजिनामा दिएका हुन् भनेर सोधेका थियौं ।

उहाँको अनुसार सिईओ पाण्डे आफ्नै कार्यकक्षामा काम गरि रहनु भएको र बैंकमा आधिकारी केही सूचना पनि नआएको बताएका छन् । उनले  बाहिर आएको समाचार झुटो र बैंक प्रति भ्रम फैलाउन चालिएको चाल मात्र भएको बताए ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर