इनड्राइभले 'प्लाटिनम ड्राइभर गिभअवे' क्याम्पेनका ड्राइभर्स पार्टनर्स बिजेताहरूलाई ईभी क्याब र ई–स्कुटर प्रदान
काठमाडौ । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले 'प्लाटिनम ड्राइभर गिभअवे' क्याम्पेनका विजेताहरूलाई काठमाडौंमा आयोजित एक विशेष समारोहबीच ग्रान्ड पुरस्कार हस्तान्तरण गरेको छ । उक्त अभियानमा ड्राइभर्स पार्टनर्सहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
सन् २०२६ मार्च २ देखि मार्च २९ सम्म सञ्चालन गरिएको यस चार हप्ते क्याम्पेन, ड्राइभर्स पार्टनर्सहरूको कार्यसम्पादन तथा सेवा गुणस्तरका आधारमा निरन्तर 'प्लाटिनम' स्तर कायम राख्ने चालकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।
साप्ताहिक चुनौतीहरू, आकर्षक पुरस्कार तथा दुई प्रमुख ग्रान्ड पुरस्कारमार्फत अभियानले इनड्राइभका उत्कृष्ट तथा प्रतिबद्ध ड्राइभर्स पार्टनर्सहरूलाई सम्मान गरेको थियो। विजेताहरू यसप्रकार छन्ः
- टाटा एक्सप्रेस–टी ईभी -क्याब चालक वर्ग): पेषल बुढाथोकी
- याडिया भिलक्स -बाइक/मोटो चालक वर्ग) : साम्देन तामाङ -कुन्द सर)
- याडिया भिलक्स -बाइक/मोटो चालक वर्ग): सरोज खतिवडा
उक्त विजेताहरू चार हप्ताका चुनौती अवधिभर निरन्तर '…प्लाटिनम' स्तर कायम राख्दै सबै योग्यता मापदण्ड पूरा गर्ने चालकहरू मध्येबाट छनोट गरिएको कम्पनीले जनाएको छ ।
ग्रान्ड पुरस्कारका अतिरिक्त, अभियानअन्तर्गत थप चालक साझेदारहरूलाई सम्मान गर्न विभिन्न साप्ताहिक पुरस्कारहरू पनि वितरण गरिएको थियो, जसअन्तर्गतः
- १६ जनालाई Samsung Galaxy A17 5G छन्
- ४ जनालाई स्टेकेशन प्याकेज प्रदान गरिएको थियो ।
क्याब चालक वर्गका विजेता पेषल बुढाथोकीले भन्नुभयो-'हाम्रो मेहनत र समर्पणलाई मान्यता दिएकोमा म इनड्राइभप्रति आभारी छु । 'प्लाटिनम' स्तर कायम राख्नु निरन्तर अनुशासन र यात्रु सन्तुष्टि प्रतिको प्रतिबद्धतासँग जोडिएको हुन्छ। टाटा एक्सप्रेस–टी ईभी प्राप्त गर्नु मेरो लागि ठूलो उपलब्धि हो र यसले आगामी दिनमा अझ राम्रो सेवा दिन प्रेरणा दिएको छ ।'
त्यस्तै, बाइक/मोटो चालक वर्गका विजेता सरोज खातीवडाले भन्नुभयो-'यो पुरस्कार जित्नु मेरो लागि गर्वको विषय हो। अभियानले मलाई अझ राम्रो प्रदर्शन गर्न र सेवा स्तर कायम राख्न प्रेरित गर्यो । याडिया भिलक्स जित्नु मेरो र मेरो परिवारका लागि खुशीको क्षण हो। चालक साझेदारहरूलाई सशक्त बनाउने इनड्राइभप्रति धन्यवाद व्यक्त गर्दछु ।'
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनीता जीमी राईले विजेताहरूलाई बधाई दिँदै भन्नुभयो-
'हाम्रा ड्राइभर्स पार्टनर्सहरू इनड्राइभको सफलताको मुख्य आधार हुनुहुन्छ। उहाँहरूको समर्पणलाई सम्मान गर्ने उद्देश्यले …प्लाटिनम ड्राइभर गिभअवे' अभियान सञ्चालन गरिएको हो । यस पहलले चालकहरूको जीवनमा सकारात्मक प्रभाव पार्दै उहाँहरूको आयआर्जनमा सहयोग पुगेको देख्दा हामी उत्साहित छौं। आगामी दिनहरूमा पनि चालक साझेदारहरूको हितमा यस्ता अर्थपूर्ण कार्यक्रमहरू ल्याउने हाम्रो प्रतिबद्धता रहनेछ ।
साथै, बढ्दो सञ्चालन खर्चलाई मध्यनजर गर्दै २०२६ अप्रिल १५ देखि लागू हुनेगरी २७ लाख रुपैयाँ बराबरको इन्धन सहयोग कार्यक्रम पनि हामीले सञ्चालनमा ल्याएको छौं । चालकहरूको सक्रियता र कार्यसम्पादनका आधारमा वितरण गरिएको उक्त सहयोगले प्लेटफर्ममा निर्भर चालकहरूलाई लक्षित आर्थिक राहत प्रदान गर्नेछ ।
इनड्राइभका लागि चालकहरू केवल साझेदार मात्र नभई हाम्रो समुदायको आधारस्तम्भ हुनुहुन्छ। उहाँहरूको योगदानको सम्मान गर्दै निष्पक्षता र स्वतन्त्र रोजाइमा आधारित प्लेटफर्म निर्माण गर्दै अघि बढ्नु नै हाम्रो लक्ष्य हो।'
Shares