बर्दियाको बढैयातालमा फत्ते बाल आँखा अस्पतालको निःशुल्क आँखा शिबिर

अर्थकागज
प्रकाशित: १८ माघ २०८०
Image description

बर्दियाको बढैयाताल गांउपालिकामा निःशुल्क आँखा शिबिर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ, फत्ते बाल आंखा अस्पताल, नेपालगंजले बढैयाताल गांउपालिका संगको समन्वयमा माघ १४ गतेदेखि १८ गतेसम्म निःशुल्क शिबिरको आयोजना गरको हो ।

उक्त शिबिरमा ७ सय ४९ जना बिरामीहरुको निःशुल्क आँखा परिक्षण गरिएकोमा १ सय ३७ जनामा मोतिबिन्दु देखिएको छ । मोतिबिन्दु देखिएका सबै बिरामीहरुको अस्पतालमा सहुलियतदरमा अप्रेसन गरिने बताउछन् अस्पतालका बाह्य कार्यक्रम अधिकृत उमेर अहमद सादिक ।

शिविरमा आएकाहरु मध्य २८ प्रतिशतमा मोतिबिन्दु, २७ प्रतिशतमा दृष्टि कम्जोर, १४ प्रतिशत ४० वर्ष काटेका व्यक्तिहरुलाई नजिकको चश्मा आवश्यक १२ प्रतिशतमा आँखाको सेतो भागमा मासु पलाएको समस्या भएका बिरामीहरु पाईएको बताउछन् सादिक ।

नेपाल स्वास्थ्य बिमा बोर्डले फत्ते बाल आँखा अस्पताल नेपालगंज लाई सेवा प्रदायक संस्थाको रुपमा सुचिकृत गरेको र निकट भविष्यमा बिमित र जेष्ठ नागरिकहरुलाई यस संस्थाबाट स्वास्थ्य बिमा सेवा लागु हुने र त्यसबाट आँखाका बिरामीहरु प्रत्यक्ष लाभान्वित हुने बताउछन् अस्पतालका प्रबन्ध निर्देशक डा. कौशल कुमार बर्मा ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर