खराब कर्जा बृद्धिसंगै मुक्तिनाथ विकास बैंकको नाफामा गिरावट, अन्य अवस्था कस्तो ?

अर्थकागज
प्रकाशित: ०६ माघ २०८०
Image description

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा गिरावट देखिएको छ ।

यस अवधिमा बैंकले ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६२ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१२ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ४.८० प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा भने ३१.०८ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा ०।९८ प्रतिशतबाट बढेर २.५१ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ७२ लाख रुपैयाँ ऋणात्मक रहको छ।

बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ३ पैसा रहेको छ । त्यसैगरी, पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३२.२६ गुणा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर