हाम्रो मान्छे होईन राम्रो योग्य मान्छे गभर्नर बनाऔं

अर्थकागज
प्रकाशित: १६ चैत २०८१
Image description

डा. रेवत कार्की

डा. रेवत कार्कीपहिले राम्रो योग्य मान्छे ह‍ोईन हाम्रो अय‍ोग्य मान्छे वनाउदा यस्ता विकृति/समस्या आए :

१) गभर्नर।एक महिना अघि नियुक्ति गर्नु पर्नेमा अदालतले खारेज गर्छ भनेर विहानको मंत्रिपरिषद्मा नियुक्ति गराएर हतार हतारमा दिउँसो सर्वोच्च अदालतवाट सपथ गराएर पद वहाली गराउन विद्वान अर्थमंत्रीलाई पनि गारो भएको । तीन जनामा एक डे.ग.वाहेक सिफारिस गरेको नाम तत्काल सार्वजनिक गर्नुपर्नेमा अहिलेसम्म आउन नसक्नु विडम्वना / लाज लाग्नु पर्ने ।

२) वैैकिंग/मौद्रिक नीति नियमनको चरम नांगोरूपमा राजनीतिककीकरण गरियो । आफ्नो प्रतिकूल सरकार हुदा IMF कार्यक्रमको वहानामा चालुकर्जाको नाममा वैवि संस्थाको घाँटी रेटियो भने अनुकूल सरकार आउनासाथ त्यही कर्जालाई विनालाज निकै खुकुलो वनाइयो ।

सरकारको ढुकुटीको जिम्मा लिएको नेरावैकले सरकारको निर्देशनमा कोरोना कालमा राहतको नाममा अतिरिक्त मुद्रा समेत छापेर समेत झण्डै रूदुई खर्व सहुलियत कर्जा वाड्नु उल्फाको धन फुपुको श्राधदजस्तै गरो जसवाट आजसम्म वैकिंग र अर्थतन्त्र प्रताडित छ ।।

यसैवेला सवै पूर्व गभर्नरहरूले नेरावैक अर्थ मंत्रालयको शाखाजस्तो भयो भनी एक स्वरले टिप्पणी गरे।

३) त्यस्तै रू१२ करोडको शेयर कर्जालाई अनुकूल सरकार आउनासाथ रातारात त्यसलाई रू ६ गुणा वढाई रू८० करोड वनाईयो र फेरि प्रतिकूल सरकार आउनासाथ रू १२ करोडमा झारियो ।

 यो विवेकपूर्ण नियमन हो कि राजनीतिकीकरण?

४) यस्तै गरि विभेदपूर्ण वैवि संस्थाको नियमन सुपरिवेक्षण भएको भुक्तभोगीले गोप्यरूपमा भन्छन तर वैवि सस्था यस विषयमा स्वस्थ आलोचना त कुरै नगरौ वोल्न पनि सक्दैनन।

५) वैवि संस्थाको CEO, संचालक नियुक्ति इत्यादिमा पनि परोक्षरूपमा चरम राजनीतिकीकरण भएको छ ।

६) योग्यता नपुगेर अदालतमा मुद्दा पर्दा पनि त्यसलाई तामेलीमा पारेर अवधि सकाईन्छ ।

७) सरकार पनि उचित कानूनी प्रकृया नअपनाई गभर्नरलाई वर्खास्त गर्ने अर्को कुकृत्य गर्छ । साथै नेरावैक सं.स.लाई रिटाएर कर्मचारीको Nonprofessional club वनाईनु अर्को विडम्वना ।

यस्ता अरू थुप्रै विकृति ,विसंगति, अविवेकी , सनकी काम कारवाही र राजनीती भएकका छन ।

हालसाल अरू दुई नियामकमा यस्तै योग्यता नपुगेकालाई नांगोरूपमा नियुक्ति हुनु अर्को विडम्वना । यसमा पनि होला भनेर यो सतर्क गराएको तर कौन पुछे खेसरीका दाल ?

तसर्थ सरकारका दलले पहिलेको जस्तो हाम्रो भनेर अयोग्यलाई गभर्नरजस्तो पदमा नियुक्ति नगरेरेर माथिका विकृति सच्याई केन्द्रीय वैकको गरिमा कायम गर्न सक्ने स्वच्छ छविको उम्मेदवारमध्ये मेरिटको आधारमा नियुक्ति होस पशुपतिनाथसंग प्रार्थना गर्दछु । नेता र सरकारको वुध्दि पलावस भन्ने पनि कामना ।

रिस ईवि केही भएर यो लेखेको होईन, संकटमा पुराईएको वैंकिंग र अर्थतन्त्रलाई सुधार्न कसैकसैले त यथार्थ कुरो लेख्नु परो भनेर लेखेको ।

प्रतिक्रियाहरू

मधु

2 weeks ago

सहि भनाइ र तथ्यपरक । यो गभर्नर ले देश डुबाए जनता मारे अपराधी हुन मैले सक्ने भए इन्लाइ जेल हाल्थे

Bishwa raj

2 weeks ago

ऋिणि वा कर्जा ब्याबस्थापन हरुको आवाज लाइ पनि ध्यान दिन अनुरोध छ,१) व्यावसायिहरु लाई थप चालु पुँजी। २) वा आफ्नो सम्पत्तिको सहि मुल्य मा बिक्री वितरण गरि , समयको सहज हुनजेल सम्म ।

सम्बन्धित खबर