पत्रकार आचार्यको पुस्तक ‘चिनियाँ दृष्टिकोण’ सार्वजनिक
प्रकाशित:
०६ मंसिर २०८२
काठमाडौं । चाइना रेडियो इन्टरनेशनल ९सिआरआई०मा बेइजिङमा कार्यरत वरिष्ठ पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ सार्वजनिक भएको छ ।
सभामुख देवराज घिमिरेले पुस्तक सार्वजनिक गर्दै चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्नेमा जोड दिएका छन् । उनले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति प्रशंसनीय रहेको बताउँदै चीनसँग साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्नुपर्नेमा जोड दिएका छन् । पुस्तक सार्वजनिक कार्यक्रममा पूर्वमुख्यसचिव एवं पूर्व चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, प्रा डा युवराज सङ्ग्रौला र चिनियाँ प्रोफेसर चाङ युएले लेखक आचार्यको पुस्तकमाथि समीक्षा गरेका थिए । पत्रकार आचार्यले पनि पुस्तकबारे बोलेका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares