फर्स्ट माइक्रोफाइनान्सको नाफा १७ करोड, लाभांश क्षमता ११ प्रतिशत
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तिय संथा लिमिटेडले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा संथाको खुद नाफामा गिरावट देखियको छ ।
असार मसान्तसम्ममा संथाले १७ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.०४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाको यस्तो नाफा १९ करोड ८१ लाख रुपैयाँ थियो।
समिक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी २८.८७ प्रतिशतले घटेर ३० करोड ८१ लाख रुपैया पुगेको छ भने सञ्चालन आम्दानी पनि १२.३८ प्रतिशतले घटेको छ ।समिक्षा अवधिमा संस्थाको वितरणयोग्य मुनाफा १३ करोड ६९ लाख जसबाट संस्थाले सेयरधनीहरुलाई ११.१० प्रतिशत लाभांश वितरण गर्न सक्छ ।
नाफासँगै संस्थाको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। समीक्षा अवधिमा संस्थाको यस्तो आम्दानी घटेर १४ रुपैयाँ १३ पैसा पुगेको छ। असार मसान्तसम्ममा संस्थाको नेटवर्थ १३४.७६ रुपैयाँ रहेको छ। संस्थाको खराब कर्जा बढेर २.०७ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा संस्थाको खराब कर्जा ०.६६ प्रतिशत रहेको थियो ।
Shares