साधना र सवैको लघुवित्त एक आपसमा गाभिने

प्रकाशित:
१७ भदौ २०८०

काठमाडौं । सवैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् ।
शुक्रबार दुई संस्थाबीच एक आपसमा गाभ्ने गाभिने तथा प्रााप्ति गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता गरिएका संगठित संस्था एक आपसमा भाग्ने गाभिने तथा प्राप्ति सम्बनधी निर्देशिका २०७९ को दफा ३ (१) मा भएको व्यवस्था अनुसार यस वित्तीय संस्थाका संलग्न बमोजिमका आधारभुत सेयरधनीहरुको सोही निर्देशिकाको दफा ७ मा भएको व्यवस्था अनुसार साधारणसभा सम्पन्न नभएसम्मका लागि सेयर कारोबार रोक्का राख्ने व्यवस्था गरिदिन नेप्सेलाई सवै लघुवित्त वित्तीय संस्थाले अनुरोध गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares