अप्परको करदाता सेवा कार्यालय उदयपुरमा अपाङ्ग मैत्री भवन र कर्मचारीको अभाव
उदयपुर । उदयपुरको गाईघाट स्थित करदाता सेवा कार्यालयको आफ्नो भवन नहुँदा सेवाग्राहीहरुलाई समस्या हुने गरेको छ भने कर्मचारीको अभावले पनि समस्या भएको छ ।
करदाता सेवा कार्यालयमा गाडी पार्किङको अभाव छ भने अर्कोतर्फ अपाङ्ग मैत्री भवन नहुँदा सेवाग्राहीलाई कार्यालयसम्म पुग्न समस्या भएको छ । कार्यालय तीन तलामाथि रहेकोले फरक क्षमताका सेवाग्राहीले सरकारी नीति अनुरुप सहजरुपले सेवा पाउन सकेका छैनन् ।
२०६९ सालमा स्थापना भएको करदाता सेवा कार्यालय उदयपुरमा शुरुदेखि हालसम्म एउटै भवनमा भाडामा कार्यालय संचालनमा रहेको छ । पराकिलो ठाउँमा सबै प्रकारका सेवाग्राहीले सहजरुपले सेवा पाउन सक्ने कार्यालय भवन हुनु पर्ने, अपाङ्ग मैत्री हुनु पर्ने सरकारी नीति रहेको भए पनि नेपाल सरकारले यसतर्फ चासो नराखेको देखिन्छ ।
करदाता सेवा कायाृल्य उदयपुरका कार्यालय प्रमुख कर अधिकृत राम बहादुर राईका अनुसार कार्यालयको आफ्नो भवन छैन । भाडाको घरमा तीन तलामाथि कार्यालय संचालनमा रहेकोले सेवाग्राहीहरुलाई सहज शुलभ र छिटो छरितो सेवा दिन समस्या भएको भएको छ ।
आफ्नो भवन हुँदा गाडी पार्किङ्ग, अपाङ्ग मैत्री सहितको सेवा सुविधा हुन्थ्यो तर त्यो छैन । फरक क्षमताका सेवाग्राहीलाई कार्याृलयमा पुगेर सेवा लिन सक्ने अवस्था नरहेको कर अधिकृत राईको गुनासो रहेको छ ।
अर्कोतर्फ दरबन्दी अनुसार कर्मचारी नहुँदा पनि काममा बाधा भएको जानकारी दिंदै कार्यालय प्रमुख राईले जम्माा ९ जनाको दरबन्दी रहेकोमा ३ जना नायव सुब्वाको दरबन्दी रिक्त छ । भएका ना.सु सरुवा भएर गएपछि अरु नआएकाले पनि काममा समस्या भएको हो ।
उदयपुर जिल्लामात्र कार्यक्षेत्र रहेको करदाता सेवा कार्यालयले खास गरी आयकर, मूल्य अभिवृद्धिकर र अन्तशुल्क कर संकलन गर्ने जिममेवारी पाएको भए पनि घरभाडा कर लगायतका अन्य कर पनि संकmन गरेर राज्यकोषमा जम्मा गर्ने गरेको छ । उदयपुरमा बढी आयकरमा व्यवसायी दर्ता भएको जानकारी दिंदै कर अधिकृत राईले बढी आयकर स.कलन हुने र अमुल्य अभिवृद्धिकर, बेदर्ताकर वन सम्बन्धी संकलन हुने गरेको बताए ।
जिल्लामा सबैभन्दा बढी कर कटारी नगरपालिका ४ को हिमशिखर हार्डवेर पसल संचालक प्रयास कार्की र त्रियुगा नगरपालिका २ स्थित खैजनपुरमा संचालित साना किसान कृषि सहकारी संस्था रहेको कार्यालय प्रमुख रायले बताए ।
आर्थिक वर्ष २०७९ ।०८० मा जम्मा १९ करोड ६३ लाख ७५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा १६ करोड ८१ लाख ७१ हजार संकलन भएको र लक्ष्यको ८५.६४ प्रतिशत राजस्व संकलन गरेको थियो । चालु आ.ब.को लक्ष्य २१ करोड ८५ लाख २६ हजार रहेकोमा मंसिर मसान्तसम्म १५ करोड ९७ लाख ३९ हजार राजस्व संकलन गरिएको र लक्ष्यको ७३.१० प्रतिशत राजस्व जम्मा भएको कार्यालय प्रमुख राईले बताए ।
Shares