क्रेष्ट माइक्रो लाइफले पायो आइपीओ निष्कासन अनुमति

अर्थकागज
प्रकाशित: ०२ माघ २०८१
Image description

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर जारी गर्नको लागि नेपाल धितोपत्र बोर्ड बाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई जारी पुँजीको ३० प्रतिशत आईपीओ निष्कासनका लागि माघ ३ गते अनुमति दिएको हो । कम्पनीको जारी पुँजी ७५ करोड रुपैयाँ रहेको छ । बोर्डबाट अनुमति पाएसँगै कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ दरमा सर्वसाधारणमा निष्कासन गर्नेछ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स २०७९ चैत २८ मा लघु जीवन बीमाको इजाजत पत्र प्राप्त गरेको थियो । २०८० जेठ ८ मा नेपाल बिमा प्राधिकरणबाट व्यवसाय सञ्चालन गर्ने स्वीकृती प्राप्त गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयबाट २०८० जेठ १० मा कारोवारको स्वीकृती प्राप्त गरी पब्लिक लिमिटेड कम्पनीको स्वरुपमा स्थापना भएको हो । यस कम्पनीमा संयुक्त लगानीकर्ताहरुमा नेपाली प्रतिष्ठित व्यवसायी समूहहरुको संस्थापक लगानी ७० प्रतिशत रहेको छ र यस सार्वजनिक निष्काशन पश्चात् सर्वसाधारण लगानीकर्ताहरुको लगानी ३० प्रतिशत रहनेछ । न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघुजीवन बिमा सेवा पुर्याउने लक्ष्य लिई कम्पनी स्थापना भएको हो । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटल लिमिटेडले गर्नेछ ।
 

प्रतिक्रियाहरू

सम्बन्धित खबर