लक्ष्मी सनराइज बैंकको नाफामा ४२० प्रतिशतको उछाल, बितरणयोग्य मुनाफा कति ?

अर्थकागज
प्रकाशित: ०६ कात्तिक २०८१
Image description

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक बर्षको पहिलो त्रैमास सम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा समिक्षा अवधिसम्ममा बैंकको खुद नाफामा बृद्धि देखियको छ ।


असोज मसान्तसम्ममा बैंकले ५३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२०.५३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो नाफा १० करोड ३० लाख रुपैयाँ थियो।


यो अवधिसम्ममा बैंकको खुद ब्याज आम्दानी ६.७५ प्रतिशत घटेको छ भने सञ्चालन आम्दानी पनि ४२५.२३ प्रतिशतले बढेको छ। गत आर्थिक बर्षको समिक्षा अबधी सम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर लाभांश वितरण क्षमता ६.४३ रुपैयाँ रहेको छ ।


नाफासँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि बृद्धि आयको छ। समीक्षा अवधिमा बैंकको ईपिएस बढेर ९ रुपैयाँ २५ पैसा पुगेको छ। असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८०.९५ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा बढेर ५.४४ प्रतिशत पुगेको छ गत आर्थिक वर्षमा बैंकको खराब कर्जा ४.६९ प्रतिशत रहेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर