घट्यो हिमालयन डिष्टिलरीको खुद नाफा

अर्थकागज
प्रकाशित: २७ कात्तिक २०८२
Image description

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा गिरावट आएको छ । कम्पनीको विवरण अनुसार कम्पनीको गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १ अर्ब ४८ करोड रुपैयाँबराबरको कुल बिक्री आम्दानी गरेको यस कम्पनीले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ७ करोड रुपैयाँबराबरको मात्र यस्तो आम्दानी गरेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २७.६४ प्रतिशत घटेको हो।

बिक्री आम्दानी घटेसँगै कम्पनीको खुद नाफा पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको नाफा ५४.६१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो तीन महिनासम्ममा १९ करोड ८८ लाख रुपैयाँ रहेको कम्पनीको नाफा, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ९ करोड २ लाख रुपैयाँमा सीमित भएको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १८ रुपैयाँ २ पैसा घटेर ११ रुपैयाँ ७५ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १११.५२ गुणा रहेको छ।

३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर