जीवन विकास लघुवित्तको ३.३४ लाख कित्ता शेयर बिक्रीमा

अर्थकागज
प्रकाशित: ०४ कात्तिक २०८१
Image description

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बिक्री गर्ने भएको छ ।लघुवित्तले संस्थापक समूहको नाममा कुल ३ लाख ३४ हजार ५०० कित्ता शेयर बिक्री गर्न लागेको हो ।  यो शेयर संस्थापक शेयरधनी, जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न सक्नेछन् । प्रतिकित्ता न्यूनतम मूल्य ६०० रुपियाँ तोकिएको उक्त शेयर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

शेयर खरिद गर्दा न्यूनतम २५० कित्ताका लागि आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ । इच्छुक खरिदकर्ताले आज (कात्तिक ४) देखि १४ गतेसम्म लघुवित्तको केन्द्रीय कार्यालय कटारी, मोरङ वा बिक्री प्रबन्धक एनएमबि क्यापिटल बालुवाटार, काठमाडौंमा आफूले खरिद गर्न चाहेको शेयर संख्या र दररेट खुलाई गोप्य शिलबन्दी पेस गर्नुपर्नेछ ।गोप्य शिलबन्दी कात्तिक २५ गते बिहान १० बजे एनएमबि क्यापिटलको कार्यालमा खोलिनेछ । 

प्रतिक्रियाहरू

Sabita sen

5 months ago

Me

Sabita sen

5 months ago

Me

Sabita sen

5 months ago

Me

Prem kumar Shrestha

5 months ago

Ducoment k k chahena holaa

सम्बन्धित खबर