पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समितिको चितवन शाखा कमिटी बिस्तार, अध्यक्षमा रामकाजि पाण्डे चयन

अर्थकागज
प्रकाशित: १७ कात्तिक २०८२
Image description

चितवन । पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक समितिले चितवनमा आफ्नो शाखा कमिटि बिस्तार गरेको छ । समितिको  अध्यक्षमा रामकाजि पाण्डे चयन भएका छन् । त्यसै गरी समितिको उपाध्यक्षमा महेन्द्र पौडेल, उपाध्यक्षमा पुर्णा कुमारि, सचिवमा हिमाल खनाल, कोषाध्यक्षमा लक्ष्मी शर्मा पौडेल लगायत सद्स्य सहित शाखा कमिटि गठन भएको छ । कमिटि गठन कार्यक्रमको प्रमुख अतिथिमा बिमकका अध्यक्ष रेशम गौतमको रहेको थियो भने अतिथिमा बिमक का उपाध्यक्ष अरुण रानाभाटको उपस्थिति रहेको थियो । पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समितिको चितवन शाखा कमिटि गठन भएसँगै चितवनका पीडित बीमकहरुको आवाजले न्याय पाउने आशा बीमितहरुले गरेका छन् ।

पेशागत बीमा अभिकर्ता संघले बीमा क्षेत्रमा अब्बलरुपमा बीमितको समस्यालाई बुलन्द रुपमा उठाउँदै आइरहेको छ । बीमितहरुको हकहितको लागि काम गर्दै आईरहेको यस पेशागत बीमा अभिकर्ता संघले बीमितहरुको अभिभावकको भूमिका निवार्ह गर्दै आईरहेको छ ।


प्रतिक्रियाहरू

Gogan parajuli

9 months ago

Baddhai xa all team members lai

सम्बन्धित खबर