चलचित्र 'लाज शरणम' लाई सबै नेपालीले हेरिदिन युवा ऊर्जा उद्यमी सन्जिब न्यौपानेको आग्रह


काठमाडौं । सफल ऊर्जा उद्येमी एवम् अपि पावर लिमिटेडका कार्यकारी संचालक सन्जिब न्यौपानेले चलचित्र ‘लाज शरणम्’ सवै नेपालीलाई हेरिदिन आग्रह गरेका छन् । न्यौपानेले विगत दुई दशक देखि ऊर्जा क्षेत्रमा सक्रिय रुपमा जलविद्युत आयोजनाहरु निर्माण गर्दै आईरहेका छन् ।
स्वदेश र विदेशमा रहेका सवै नेपालीले एक पटक चलचित्र ‘लाज शरणम् हेरेर सिने जगतको विकासमा सहयोग पुर्याईदिनु हुन न्यौपाने अपिल समेत गरेका छन् । चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ । जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।
Shares