भदौ २३ गतेदेखि हकप्रद निष्काशन गर्दै रिभर फल्स पावर

अर्थकागज
प्रकाशित: ०४ भदौ २०८२
Image description

काठमाडौं । रिभर फल्स पावर लिमिटेडले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले प्रतिकित्ता एक सय अंकित दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले १ः १ को अनुपातमा अर्थात १ कित्ता सेयर बराबर १ कित्ता सेयरका दरले सेयरधनीहरुलाई हकप्रद सेयर जारी गर्दैछ ।

यस हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले साउन २६ गते बुक क्लोज गरिसकेको छ त्यसैले साउन २५ गतेसम्मका सेयरधनीले उक्त हकप्रद सेयर भर्न पाउनेछन् । भदौ २३ गतेदेखि निश्कासन हुने हकप्रद सेयर असोज १२ गते बैकिङ्ग समय पश्चात बन्द हुनेछ ।

कप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई इक्राएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बंकका बेशिसहर ९लमजुङ०, पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सि आस्बा प्रणालीमार्फत तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर